वाइवाई यु-१९ राष्ट्रिय क्रिकेट : कोशीको पहिलो जित, अर्को खेलमा सुदूरलाई सफलता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ ।

Advertisement

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सबै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बनायो ।

सुदूरपश्चिमका नरेन भट्टले नटआउट ४४ रन बनाउँदा युवराज खत्रीले २५ रनको योगदान दिए । मधेशका अफ्रुदिन रैनले ४ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए ।

१ सय २० रनको झिनो लक्ष्य पाएको मधेशले ४३ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ८ रनमा सीमित हुन पुग्यो ।

मधेशका मयन यादवले सर्वाधिक ४७ रनको योगदान दिए ।

सुदूरपश्चिमका प्लेयर अफ द म्याच नरेन साउदले ४ विकेट दिए । उनले १० ओभरमा ७ मेडन ओभर गर्दै ४ रन दिए ।

सुदूरपश्चिमले खेलेको ४ खेलमा ३ मा जित हात पार्दै ६ अंककासाथ दोस्रो स्थानमा यथावत रहेको छ भने मधेशले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित चौथो स्थानमा झरेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको विशाल अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा कोशीको पहिलो जित हो । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गुमाई २ सय ३ रन बनायो ।

कोशीका प्लेयर अफ द म्याच सोनु अन्सारीले ८९ रन बनाउँदा इस्टन रिजालले २३ रन र आशिष मगरले २१ रन बनाए । कर्णालीका अरविन्द घर्तीले सर्वाधिक ४ विकेट लिए ।

२ सय ४ रनको विजयी लक्ष्य पाएको कर्णालीले २५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ८५ रन सीमित भयो । कर्णालीका अरविन्द घर्तीले २१ रन बनाउँदा कमल विष्टले १७ रनको योगदान दिए ।

कोशीका प्रेम कामतले ३ विकेट लिँदा आशिष मगरले पनि ३ विकेट दिए ।

कोशीले खेलेको ४ खेलमा १ खेलमा जित र ३ खेलमा पराजित हुँदै २ अंकका साथ छैठौ स्थान रहेको छ भने कर्णालीले खेलेको ३ खेलमा जित विहिन हुँदै पुछारमा रहेको छ ।

शनिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्विनी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०