वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट : लुम्बिनी अपराजित हुँदै शीर्ष स्थानमा, सुदूरपश्चिम पनि विजयी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

Advertisement

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए ।

सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ८ दशमलव ५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्चिएका थिए । सचिन बाहेक हेमन्त धामी र यूवराज खत्रीले समान २–२ विकेट लिए ।

१ सय ३ रनको झिनो लक्ष्य पाएको सूदुरले २६ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका आशिष लु्हारले ३९ रन बनाउँदा यूवराज खत्रीले नटआउट २७ रन र नरेन राउदले नटआउट २० रनको योगदान दिए ।

गण्डकीका अपराजित पौडेलले ३ विकेट लिँदा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट दिए । सूदुरले ३ खेलमा २ मा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै नेट रन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले वागमती प्रदेशलाई १ सय २ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरमा ७ विकेट गु्माई २ सय ७८ रन बनायो ।

यो स्कोर यस प्रतियोगिताको उच्च स्कोर हो यस अघि उच्च स्कोर वागमतीले गण्डकीविरुद्ध २ सय २९ रन बनाएको थियो । लुम्विनीका आकाश त्रिपाथीले ७७ रन बनाउँदा सन्तोष यादवले ६३ रन र दिल्साद अलीले नटआउट ५४ रन बनाए । वागमतीका दयानन्द मण्डल र दिनेश विष्टले २–२ विकेट लिए ।

२ सय ७९ रनको विजयी लक्ष्य पाएको वागमतीले ४४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो । वागमतीका रोशन विश्वकर्माले अविजित ७३ रन बनाउँदा सुर्यान्सु कोइरालाले ३२ रन र राजेश वोहराले २१ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट दिए ।

यादवले १० ओभर वलिङ गर्दै २ मेडन ओभर गर्दै २४ रन मात्र दिए भने त्रिपाथीले ७ दशमलव ४ बलमा ३३ रन दिएएका थिए । खेलको प्लेयर अफ द म्याच त्रिपाथी घोषित भए ।

लुम्विनीले खेलेको ४ खेलमै अपराजित हुँदै ८ अंकका साथ शिर्ष स्थान यथावत रहेको छ भने वागमतीले खेलेको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित हुँदै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

शुक्रबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेश र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०