वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी र गण्डकी प्रदेश विजयी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र गण्डकी प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्विनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

Advertisement

टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सवै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो ।

कर्णालीका अरविन्द घर्तीले २० रन बनाउँनु भुपेन्द्र शाहीले १९ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले सर्वाधिक ६ विकेट विकेट लिए ।

उनले १० ओभरमा ३ मेडन ओभर गर्दै १९ रन मात्र दिए । यादव खेलको प्लेयर अफ म्याच घोषित भए ।

१ सय रनको झिनो लक्ष्य पाएको लुम्विनीले २६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । लुम्विनीका दर्ष सोनारले २० रन बनाउँदा समिचर असिसलले पनि नटआउट २० रन जोडे ।

कर्णालीका यूनिष ठकुरीले २ विकेट लिँदा अनुज चनराले पनि २ विकेट दिए । लुम्विनीले ३ खेलमा ३ मा जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीले खेलेको २ खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा गण्डकीले घरेलु टोली कोशी प्रदेशलाई १ सय १४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गु्माई २ सय ८ रन बनायो । गण्डकीका सिब्रिन श्रेष्ठले ५३ रन बनाउँ अर्जुन कुमालले ४६ रन बनाए । कोशीका रोशन साहले ४ विकेट लिँदा विपिन महतोले ३ विकेट लिए ।

२ सय ९ रनको विजयी लक्ष्य पाएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । कोशीका सोनू अन्सारी सर्वाधिक ३४ रन बनाए ।

गण्डकीका अर्जुन कुमालले ४ विकेट लिँदा अपराजित पौडेलले ३ विकेट लिए ।

प्लेयर अफ द म्याच गण्डकीका सिब्रिन श्रेष्ठ भए । गण्डकीले खेलेको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान उक्लिएको छ भने कोशीले खेलेको ३ खेलमा जित विहिन हुँदै छैठौ स्थानमा रहेको छ ।

विशिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र लुम्विनी प्रदेशबीच खेल हुने छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०