यु-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको पहिलो जित, मधेश प्रदेशले निकाल्यो दोस्रो जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सबै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो ।

कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

सूदुरका नरेन साउदले सर्वाधिक ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद खेलको प्लेयर अफ म्याचसमेत भए ।

७५ रनको झिनो लक्ष्य पाएको सुदूरले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो ।

सुदूरका नरेन भट्टले २८ रन बनाउँदा युवराज खत्रीले २३रन जोडे कर्णालीका युनिश ठकुरीले सर्वाधिक ३ १ विकेट लिए ।

सुदूरको दुई खेलमा २ अंक छ भने कर्णालीले खेलेको दुवै खेलमा पराजित भएसँगै अंक विहिन छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा मधेशले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो ।

मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । वागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट विकेट लिए ।

एक सय ४३ रनको विजयी लक्ष्य पाएको वागमती ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो ।

वागमतीमा रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए ।

प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । ३ खेलमा २ खेल जित हात पारेको मधेश ४ अंकका साथ दोस्रो स्थान छ भने वागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौं स्थानमा रहेको छ ।

मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०