सिटीका रोड्रीले जिते बालोन डी’ओर अवार्ड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । इंग्लिस क्लब म्यानचेस्टर सिटीका रोड्रीले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित भब्य समारोहका बीच फुटबलको प्रसिद्ध अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले वर्ष २०२४ को उक्त अवार्ड २८ वर्षीय रोड्रीलाई प्रदान गरेको थियो ।

स्पेनलाई युरो कपको उपाधि दिलाएका उनले रियल मड्रडका भिनिसियस जुनियर र जुडे बेलिङमलाई उछिने ।

६८औं संस्करणको उक्त अवार्डका लागि वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका ३० खेलाडीको नामावली गत महिना सार्वजनिक भएको थियो ।

सन् १९५६ यता बर्सेनि महिला र पुरुष फुटबलमा उत्कृष्ट खेलाडीलाई बालोन डी‘ओर प्रदान गरिँदै आएको छ ।

सन् १९५६ देखि सन् १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिँदै आएको यो अवार्डको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीलाई पनि दिन थालिएको हो ।

सन् २००७ पछि भने विश्वभरका सबै देश र क्लबलाई सहभागिताका लागि योग्य ठहराउन थालिएको हो ।

यो पुरस्कार सर्वाधिक धेरै पटक पाउने खेलाडी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी हुन् ।

विश्वकपविजेता मेसीले हालसम्म आठ पटक उक्त अवार्ड चुमेका छन् ।

सन् २००९ देखि २०१२ सम्म लगातार अवार्ड जितेका मेसीले २०१५, २०१९, २०२१ र २०२३ मा बालोन डी‘ओर जितेका छन् ।

मेसीका समकालीन क्रिस्टियानो रोनाल्डो पाँच पटक जित्दै सर्वाधिक धेरै बालोन डी‘ओर जित्ने सूचीमा दोस्रो बनेका छन् ।

उनले सन् २००८, २०१३, २०१४, २०१७ र २०१८ मा फुटबलको चर्चित पुरस्कार जितेका छन् ।

सन् २०१८ देखि १० वर्षसम्म यो अवार्डमा मेसी र रोनाल्डोको बर्चस्व रह्यो । सन् २०१८ मा भने आफ्नो राष्ट्रलाई २०१८ को विश्वकपमा उपविजेता बनाएका क्रोएसियाका लुका मोड्रिकले जिते ।

कोभिड महामारीका खेलहरू नै अस्तव्यस्त हुँदा २०२० को बालोन डी‘ओर कसैलाई प्रदान गरिएन । २०२२ मा भने करिम बेन्जेमाले उक्त अवार्ड उचाल्ने अवसर पाए ।

२०२३ मा मेसीले बालोन डी’ओर जितेका थिए ।

विश्वभरिका खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गरिन्छ ।

बालोन डी‘ओर अवार्डमा फिफाको पछिल्लो वरीयताअनुसार टप–१०० देशका पत्रकारले भोट गर्ने प्रावधान छ ।

सन् २०२२ अघि सबै देशले भोट गर्न पाउने नियम थियो । तर आयोजकले सन् २०२२ बाट सिजनका आधारमा अवार्ड दिने ढाँचा लागू गरेपछि भोटिङ अधिकार पनि फिफा वरीयताका टप–१०० देशका पत्रकारलाई मात्रै दिएको हो ।

नियमअनुसार एक पत्रकारले पाँच भोट अर्थात् पाँच जनालाई दिन पाउँछ । जसअनुसार पहिलो नम्बरको भोटको अंक पाँच हुन्छ ।

मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका थिएनन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि सूचीमा थिएनन् ।

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो ।

प्रकाशित समय: मङ्गलबार १३ कार्तिक, २०८१, ०५:२८:३२
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०