विराटनगर । स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीच भएको ‘एल क्लासिको’मा बार्सिलोनाले सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियललाई उसैको मैदान सान्टियागो बर्नाबेउमा ४-० गोलले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यमल र राफिन्हाले एक-एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चार गोल गर्दै बार्सिलोनाले तीन अंक खोस्यो ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलमा ३० अंक बटुलेको छ । रियल भने २४ अंकका साथ दोस्रो स्थानमा छ ।