अपांगता भएका व्यक्तिहरूलाई स्कुटरसहित सहायक सामग्री वितरण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले आफ्ना पालिकाभित्र रहेका शारीरिक अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सहायक सामग्री वितरण गरेको छ ।

दुहबी नगरपालिकाको स्वास्थ्य शाखा, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा दुहबी नगरप्रमुख वेद गच्छादारले उक्त सामग्रीहरू वितरण गरेका हुन् ।

Advertisement

विभिन्न किसिमका शारीरिक अपांगता भएका व्यक्तिहरूलाई सहज हिँड्डुल गर्न र व्यावसायिक जीवनयापन गर्न सकून भन्ने उद्देश्यले नगरप्रमुख गच्छादारले उक्त सामग्री वितरण गरेका हुन् ।

६ थान ह्विल चेयर, तीन थान ट्वाइलेट चेयर, तीन थान ह्वाइट केन र दुई थान वैशाकी र एक थान स्कुटर गरी १५ जनालाई रु तीन लाख ५० हजार बराबरको १५ थान सहायक सामग्री वितरण गरेका थिए ।

एक खुट्टा गुमाएका शारीरिक अपांगता भएका दुहबी-८ का विनोद बुढाथोकीलाई एक थान स्कुटरसमेत नगर प्रमुखले वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले शारीरिक अपांगता भएका व्यक्तिहरूलाई समाजमा हेरिने हेयको दृष्टिकोणलाई हटाउन र सपांगजस्तै समान व्यवहार, माया र आदर सम्मान गर्नुपर्छ भन्ने सन्देश समुदायस्तरमा पुर्‍याउन नगरपालिकाले यस्ता कार्यक्रमहरू गरेको बताए ।

शारीरिक अपांगता पूर्वजन्मको फल नभएर दुर्घटना र गर्भावस्थामा कुपोषण भएका कारण हुन सक्ने भन्दै उनले भने, ‘यस्ताखाले अपांगता न्यूनीकरणगर्न नगरपालिकाले विवाह भएकै दिनदेखि स्वास्थ्य स्वयम्-सेविका र स्वास्थ्य शाखाले निगरानी गर्ने, गर्भावस्थामा चेकजाँच र पोषणको व्यवस्था गर्ने र जन्मेका दिनदेखि सुनौला हजार दिनमार्फत खोप तथा अन्य जाँचहरु गर्दै आएको जनाए ।

विभिन्न कारणले अपांगता हुन पुगेका नगरभित्रका नागरिकलाई आत्मनिर्भरताका लागि समूह बनाएर आवश्यक सिपमुलक तालिम र बिउ पुँजीका रूपमा समूहगत ५० हजारसम्म उपलब्ध गराई स्वरोजगारको बाटो सिर्जना गर्दै आएको उनले बताए ।

नगरपालिकाले अपांगताको क्षेत्रमा धेरै काम गरिसकेको र स्वास्थ्य बीमासमेत रु ५ सयमात्र तीर्दा १ लाखसम्मको उपचार खर्च गर्न सक्ने वातावरण आफूले बनाइदिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, सिबिआर सहजर्ता, स्वास्थ्य शाखाका अधिकारीहरू र करुणा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१३ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१४ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
१६ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१६ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
१७ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०