साफ च्याम्पयनसिपमा नेपालले निकाल्यो ऐतिहासिक जित, माल्दिभ्सको पोस्टमा गर्‍यो ११ गोल !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनको समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो ।

यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो।

नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरिन् ।

खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो । सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो ।

२९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन् ।

३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्‍यायो । रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन् ।

४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन् ।

दोस्रो हाफको सुरूमै नेपालले पाँचौ गोल गरेको थियो । योसँगै रेखाले ह्याट्रिक पूरा गरिन् ।

राइट साइडबाट ड्रब्लिङ गर्दै दिएको पास माल्दिभ्सको डिफेन्डरसँग ठोकिएर उनकै नियन्त्रण पुग्यो ।

उक्त बललाई वान टच गर्दै रेखाले जाली चुमाइन् । ६५औं मिनेटमा प्रीतिले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरिन् ।

मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै अनिता केसीले गोल गरिन् ।

अनिता बस्नेत दिएको बल नियन्त्रणमा लिॅंदै उनले वान भर्सेस वानमा गोल गरेकी हुन् । रेखाले ७७औं मिनेटमा पाँचौ गोल गरिन् । त्यसअघि उनले ६२औं मिनेटमा पनि गोल गरेकी थिइन् ।

८७औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन् । उनले पेनाल्टीमार्फत गोल गरेकी हुन् । लगत्तै अमिसा कार्कीले गोल गर्दै नेपालको अग्रता ११ गोलमा पुर्‍याइन् ।

जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपालको चार अंक छ । भुटानको पनि समान चार अंक छ । भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने छ । यही खेलबाट समूह विजेताको टुंगो लाग्ने छ ।

 

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, २०:०२:२८
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०