पहिलोपटक न्युजिल्यान्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ ।

आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

Advertisement

न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो ।

कप्तान लौरी ओलिभर्टले बनाएको २७ रन नै दक्षिण अफ्रिकाका लागि सर्वाधिक रह्यो ।

तज्मिन ब्रिट्सले १७ तथा चालो ट्राइअनले १४ रन थपे ।

न्युजिल्यान्डका अमेलिया केर र रोजमेरी मेरले समान ३ विकेट झारे ।

इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिइन् ।

ब्रुकी हलिडेले ३८ तथा सुजि बेट्सले ३२ रन थपे । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट झारिन् ।

तेस्रो पटक विश्वकपको फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो ।

यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० मा फाइनलमा पुगेको थियो ।

महिला र पुरुष क्रिकेटमा न्युजिल्यान्डको टोलीले एकैदिन ठूलो सफलता दिलाएका छन् ।

न्युजिल्यान्डको पुरुष क्रिकेट टोलीले देशलाई सफलता दिलाएको केही घण्टामा महिला टोलीले पनि उपाधि दिलाउन सफल भएका हुन् ।

तीन टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै १–० को अग्रता बनाएको छ ।

महिला विश्वकपमा दक्षिण अफ्रिका भने दोस्रोपटक पनि उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ ।

अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे ।

यस्तै इंग्ल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०