काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई क्रिकेट सिरिजअन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको छ । नेपाल एक खेलअघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु भएको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रिएको छ ।
तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।
पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने यो खेलमा पनि समावेश हुन पाएनन् ।