मेसीलाई विशेष अवार्ड, भने- मलाई रोक्न असम्भव छ, विश्वकपमा भेट हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिकी क्लब इन्टर मियामीका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई विशेष अवार्ड प्रदान गरिएको छ ।

स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो ।

Advertisement

अमेरिकाको मियामी शहरमा विशेष समारोहको आयोजना गरेर मार्काले उक्त अवार्ड प्रदान गरेको हो ।

खेल करिअरको सर्वाधिक धेरै ४६औं उपाधि जितेका मेसीलाई सुनको प्रतीमाबाट सम्मान गरेको मार्काले उनी फुटबल इतिहासको सर्वकालीन महान् खेलाडी भएको घोषणासमेत गरेको थियो ।

उक्त सम्मान ग्रहण गर्दै मेसीले आफू अझै उपाधिको भोको रहेको सुनाए ।

परिवारको सहयोगका कारण पनि आत्मविश्वास बढेको जनाउँदै उनले भने, ‘उमेर बढ्दै गए पनि म अझै पनि उपाधिको भोको छु, मेरो परिवारले उपाधि जित्ने मेरो इच्छाशक्तिलाई बढाउँदै छन् । उनीहरूको सहयोगले गर्दा पनि मलाई अरूले रोक्न असम्भव छ ।’

अर्जेन्टिनाबाट कुनै पनि उपलब्धि हासिल गर्न नसकेका बेला समय नै खराबजस्तो लागेको बताउँदै अहिले भने शान्ति मिलेको सुनाए । पारिवारिक सहयोगका कारण नै आफ्नो उपाधि यात्रामा सम्भव भएको उनको भनाइ छ ।

मेसीले आफ्नो राष्ट्रका लागि एकपटक विश्वकप र दुई पटक कोपा अमेरिकाको उपाधि जितिसकेका छन् ।

यसैगरी उनले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा हुने विश्वकपमा भेट हुने भन्दै आफ्नो खेल करिअरका बारे पनि मुख खोलेका छन् ।

उनले भनेका छन्, ‘म खुसी छु, स्वस्थ छु । यही सक्षमताका आधारमा भन्नसक्छु कि २०२६ को विश्वकपमा अर्जेन्टिनासँगै हुन्छु ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०