मेसीलाई विशेष अवार्ड, भने- मलाई रोक्न असम्भव छ, विश्वकपमा भेट हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिकी क्लब इन्टर मियामीका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई विशेष अवार्ड प्रदान गरिएको छ ।

स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो ।

अमेरिकाको मियामी शहरमा विशेष समारोहको आयोजना गरेर मार्काले उक्त अवार्ड प्रदान गरेको हो ।

खेल करिअरको सर्वाधिक धेरै ४६औं उपाधि जितेका मेसीलाई सुनको प्रतीमाबाट सम्मान गरेको मार्काले उनी फुटबल इतिहासको सर्वकालीन महान् खेलाडी भएको घोषणासमेत गरेको थियो ।

उक्त सम्मान ग्रहण गर्दै मेसीले आफू अझै उपाधिको भोको रहेको सुनाए ।

परिवारको सहयोगका कारण पनि आत्मविश्वास बढेको जनाउँदै उनले भने, ‘उमेर बढ्दै गए पनि म अझै पनि उपाधिको भोको छु, मेरो परिवारले उपाधि जित्ने मेरो इच्छाशक्तिलाई बढाउँदै छन् । उनीहरूको सहयोगले गर्दा पनि मलाई अरूले रोक्न असम्भव छ ।’

अर्जेन्टिनाबाट कुनै पनि उपलब्धि हासिल गर्न नसकेका बेला समय नै खराबजस्तो लागेको बताउँदै अहिले भने शान्ति मिलेको सुनाए । पारिवारिक सहयोगका कारण नै आफ्नो उपाधि यात्रामा सम्भव भएको उनको भनाइ छ ।

मेसीले आफ्नो राष्ट्रका लागि एकपटक विश्वकप र दुई पटक कोपा अमेरिकाको उपाधि जितिसकेका छन् ।

यसैगरी उनले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा हुने विश्वकपमा भेट हुने भन्दै आफ्नो खेल करिअरका बारे पनि मुख खोलेका छन् ।

उनले भनेका छन्, ‘म खुसी छु, स्वस्थ छु । यही सक्षमताका आधारमा भन्नसक्छु कि २०२६ को विश्वकपमा अर्जेन्टिनासँगै हुन्छु ।’

प्रकाशित समय: शुक्रबार २ कार्तिक, २०८१, ०७:२६:११
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०