भुटानलाई हराउँदै सुखद् सुरुआत गर्ने नेपालको लक्ष्य, साम्बाबिनै मैदान उत्रिने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजेबाट सुरु हुने छ ।

साविक उपविजेता नेपाल र भुटान भिड्नुअघि दिउँसो १ः३० बजे श्रीलंका र माल्दिभ्सले खेल्ने छन् ।

भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो ।

यद्यपि, उनी दोस्रो खेलपछि टोलीमा आबद्ध हुने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

नेपाली महिला टोलीले भुटानविरुद्ध कहिल्यै हार बेहोर्न परेको छैन । हुन त भुटानसँग नेपालको भेट हुने भनेकै साफमा मात्रै हो ।

अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले चार खेलमा २३ गोल गरेको छ । तर, भुटानले भने एक गोल पनि फर्काउन सकेको छैन ।

यस्तोमा भुटान नेपालका लागि सहज प्रतिद्वन्द्वी हुन सक्छ । तथापि, घरेलु टोली नेपालले पनि राम्रो तयारी गर्न पाएको छैन ।

अझ नेपालले दशरथ रंगशालामा अभ्यास गरेको भनेको एकदिन मात्रै हो ।

मुख्यप्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानलाई कमजोरी टोली भने आँक्दैनन् । उनी भन्छन्,‘भुटानले राम्रो गरिरहेको छ । समूहमा भुटान राम्रो हो । विगत र अहिलेको भुटानमा धेरै फरक छ ।’

भुटानले ग्रास्ट रुटदेखि नै महिला फुटबललाई विशेष प्रथामिकतामा राखेको छ । उसले राष्ट्रिय टोलीको बेन्च स्ट्रोङ बनाउन यु–१४ देखि नै लिग गरिरहेको छ ।

त्यसैले भुटान यसपल्ट युवा टोली लिएर काठमाडौं आइपुगेको छ ।

तर, नेपाली टोलीमा भने उहीँ पुराना खेलाडी छन् । थपिएको भनेको एकमात्रै नयाँ खेलाडी हुन सजनी थोकर । पहिलो चरणमा १८ नयाँ खेलाडी बोलाएपनि समय कम हुँदा पुरानैलाई प्राथमिकता दिन परेको तामाङ बताउँछन् ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ ।

नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा महिला साफ आयोजना गरेको थियो ।

सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।

प्रकाशित समय: शुक्रबार २ कार्तिक, २०८१, ०६:४८:१३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०