रियल मड्रिड र अल नासरले मैत्रीपूर्ण खेल खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । साउदी अरबको अल नासर र स्पेनिस महारथी रियल मड्रिडबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासर र रियलबीच चालू सिजनको अन्त्यमा मैत्रीपूर्ण फुटबल हुन लागेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

आगामी रियाद सिजनमा मैत्रीपूर्ण खेल खेल्नका लागि क्रिस्टियानो रोनाल्डोको अल–नासरसँग छलफल हुने सम्भावना रहेको छ ।

साउदी प्रो लिग टोलीविरुद्ध खेल्नका लागि रियल म्याड्रिड एक प्रस्तावित क्लब हो । २०२४ को रियाद सिजन अक्टोबर १२ देखि सुरु भई २०२५ सम्म चल्नेछ ।

पत्रकार अब्दुलअजिज अल–ओसैमीका अनुसार, साउदी अरबको जनरल इन्टरटेनमेन्ट अथोरिटीका अध्यक्ष तुर्की अल–शेखले आगामी रियाद सिजनमा सम्भावित मैत्रीपूर्ण खेलबारे अल–नासरसँग छलफल गर्नेछन् ।

उनले रियल मड्रिडलाई विपक्षी क्लबको रूपमा प्रस्ताव गरेको रिपोर्टमा जनाइएको छ ।

यसै वर्षको सुरुमा, स्पेनिस मिडिया मार्काले रोनाल्डोआबद्ध अल–नारस र रियल मड्रिडबीचको सम्भावित खेल नयाँ स्यान्टियागो बर्नाबेउ स्टेडियममा हुने जनाएको छ ।

उक्त स्टेडियमको उद्घाटन चालु सिजनको अन्त्य र २०२५ बीचमा हुने अपेक्षा गरिएको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नासरसँगको खेल गराउन उत्सुक थिए ।

तथापि, रियल र नासरबीचको मैत्रीपूर्ण खेलबारे दुवै टोलीबाट आधिकारिक रूपमा जानकारी आएको छैन ।

तर, अब उक्त खेल भएमा रोनाल्डो पूर्वक्लब रियलविरुद्ध मैदान उत्रिने छन् भने रोनाल्डोका फ्यानसमेत रहेका किलियन एम्बाप्पेले उनीविरुद्ध खेल्नु पर्ने छ ।

रोनाल्डो पुगेपछि नै अल नासरले गत वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा ब्राजिलियन स्ट्राइकर नेयमार र फ्रेन्च स्टार एम्बाप्पे रोनाल्डोको क्लबविरुद्ध मैदान उत्रिँदा मेसी भने टोलीमा थिएनन् ।

अल नासर र रियल मड्रिडबीच एकमात्र खेल भएको छ, जसमा साउदी क्लबले जित निकालेको छ ।

सन् २००८ मा भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली नासरले रियललाई ४–१ गोलले हराएको थियो ।

७० हजार दर्शकबीच खेलाइएको खेलमा रियलका रामोस, मार्सेलो, क्यासिलास जस्ता चर्चित खेलाडी सामेल थिए ।

तथापि, अहिले भने रियलको टोली बलियो अवस्थामा रहेका कारण नासरमाथि हाबी हुन सक्ने आँलकन गरिएको छ ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडका लागि व्यवसायिक फुटबल खेलेका थिए ।

नौ वर्षको अवधिमा उनले पाँच वर्षको अवधिमा चार पटक च्याम्पियन्स लिगमात्र जितेनन्, व्यक्तिगत अवार्डतर्फ चारवटा बालोन डी‘ओर पनि उचाले ।

स्पेन आउनुअघि नै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट उनले एउटा च्याम्पियन्स लिग र एउटा बालोन डी‘ओर जितिसकेका थिए ।

रियलबाट सबैखाले प्रतियोगिता गरी ४३८ खेल खेल्दा रोनाल्डोले ४५० गोल र १३१ गोलमा आफ्नो योगदान दिएका छन् ।

रियलबाट कुल १६ वटा उपाधि जितेका रोनाल्डो पारिश्रमिक विवादलगायत थुप्रै समस्याका कारण १० जुलाई २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेका थिए ।

प्रकाशित समय: बिहिबार १ कार्तिक, २०८१, १२:२२:४१
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०