‘गोल्डेन फुट’ अवार्ड मनोनयन : मेस्सी, नेयमार र बेन्जेमा पनि समावेश

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ असोज, २०८१
२ वर्षअघि

विराटनगर । प्रतिष्ठित गोल्डेन फुट अवार्डका लागि टप-१० मनोनयन सूची सार्वजनिक भएको छ ।

सन् २०२४ का लागि दिइने ‘गोल्डेन फुट’ अवार्डका लागि अन्तिम मनोनयन सार्वजनिक भएको हो ।

मंगलबार १० खेलाडीलाई समेटेर मनोयनन सार्वजनिक गरिएको हो ।

‘गोल्डेन फुट’ अवार्ड एक अन्तर्राष्ट्रिय अवार्ड हो । यो हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने फुटबलरलाई दिइन्छ ।

अवार्डका लागि खेलाडीको व्यक्तिगत प्रदर्शन, क्लबको सफलता र राष्ट्रिय टोलीको सफलता तथा तथ्यांकलाई मुख्य आधार बनाइन्छ ।

त्यसैगरी, यो अवार्डका लागि खेलाडीको व्यक्तित्व र अन्य कुरा पनि हेरिन्छ । यो अवार्डलाई अन्तर्राष्ट्रिय फेयर अवार्डका रूपमा पनि लिइन्छ ।

त्यसैगरी, यो अवार्ड २८ वर्षभन्दा बढी उमेरका सक्रिय खेलाडीलाई मात्रै प्रदान गरिन्छ । मनोनयनमा परेका सबै खेलाडी २८ वर्षभन्दा बढीका हुन्छन् ।

मनोनयनमा परेका १० खेलाडीबाट अनलाइन भोटिङका आधारमा धेरै मत पाउन खेलाडीलाई अवार्ड प्रदान गरिन्छ । यसमा सबैले भोट दिन पाउँछन् ।

यो अवार्डका लागि यसपटक इन्टर मियामीका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अल हिलालका ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर परेका छन् ।

अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने सन् २०१८ मै उक्त अवार्ड पाइसकेका छन् ।

यो अवार्ड एकपटक जितिसकेको खेलाडीलाई दोस्रोपटक दिइँदैन र मनोनयनमै राखिँदैन ।

यसैगरी अन्तिम १० मा सन्न्यास लिइसकेका करिम बेन्जेमा, नेदरल्यान्ड्सका भर्जिल भान डाइक, जर्मनीका थोमस मुलर, इंग्ल्यान्डका ह्यारी केन, बेल्जियमका केभिन डी ब्रुयन, फ्रान्सका एन्टोइन ग्रिजम्यान, अर्जेन्टिनाका लाउटारो मार्टिनेज र इटालीका मार्को भेराट्टी परेका छन् ।

यो अवार्ड सन् २००३ देखि प्रत्येक वर्ष दिँदै आइएको हो । पहिलो संस्करणको अवार्ड रोबर्ट बागियोले पाएका थिए ।

ब्राजिलियन रोनाल्डो, रोनाल्डिन्हो, ज्लाटान इब्राहिमोभिक, आन्द्रेस इनियस्टा, सामुअल इटो, जियानलुइगी बुफन, इकर क्यासिल्लास, इडिन्सन काभानी, लुका मोड्रिक, मोहम्मद सालाह र रोबर्ट लेवान्डोस्कीले पाइसकेका छन् ।

विश्वकप विजेता मेस्सीले भने हालसम्म यो अवार्ड जित्न सकेका छैनन् । यो अवार्डमा यसपटक मेस्सीलाई मुख्य दाबेदार मानिएको छ ।

हालसम्मका गोल्डन फुट अवार्ड विजेता फुटबलर :
२००३ : रोबर्टो बाजियो, इटाली
२००४ : पाभेल नेदभेद, चेक रिपब्लिक
२००५ : आन्द्रिय सेभ्चेन्को, यूक्रेन
२००६ : रोनाल्डो, ब्राजिल
२००७ : अलसान्द्रो डेल पिएरो, इटाली
२००८ : रोबेर्टो कार्लोस, ब्राजिल
२००९ : रोनाल्डिन्हो, ब्राजिल
२०१० : फ्रान्सिस्को टोट्टी, इटाली
२०११ : रियान गिग्स, वेल्स
२०१२ : ज्लाटन इब्राहिमोभिच, स्वीडेन
२०१३ : डिडियर ड्रोग्बा, आईभोरी कोस्ट
२०१४ : आन्द्रेस इनेस्टा, स्पेन
२०१५ : सामुएल ईटो, क्यामरून
२०१६ : गियानलुगी बुफोन, इटाली
२०१७ : इकेर कासिलास, स्पेन
२०१८ : एडिन्सन काभानी, उरुग्वे
२०१९ : लुका मोड्रिक, क्रोएसिया
२०२० : क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
२०२१ : मोहम्मद सालाह, इजिप्ट
२०२२ : रोबर्ट लेवान्डोस्की, पोल्यान्ड

प्रकाशित समय: मङ्गलबार २९ असोज, २०८१, १३:२५:१२
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०