बेल्जियममाथि फ्रान्सको रोमाञ्चक जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ असोज, २०८१
२ वर्षअघि

विराटनगर । फ्रान्सले युईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि रोमाञ्चक जित निकालेको छ ।

सोमबार राति भएको खेलमा रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले बेल्जियममाथि २-१ गोलको जित निकालेको हो ।

बेल्जियमको मैदानमा फ्रान्सलाई जिताउन कोलो मुनिले दुई गोल गर्दा बेल्जियमका लागि लेस ओपेन्डाले एक गोल गरे ।

खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।

खेलको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलो मुनिले फ्रान्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा ओपेन्डाले बराबरी गोल गरे ।

निर्णायक गोल भने ६२ औं मिनेटमा सम्भव भएको थियो ।

जितसँगै लिग ए ग्रुप टुको दोस्रो स्थानमा रहेको फ्रान्सले चार खेलमा ९ अंक जोडेको छ । बेल्जियम चार अंकसहित तेस्रो स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा इटालीले इजरायललाई सजिलै ४–१ ले पराजित गर्‍यो ।

प्रकाशित समय: मङ्गलबार २९ असोज, २०८१, ०७:१४:०८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०