विराटनगर । आगामी दुई वर्षपछि हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा ब्राजिलले कमब्याक जित निकालेको छ ।
शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले चिलीलाई उसैको मैदानमा २-१ गोलले हराएको हो ।
ब्राजिलको जितमा इगोर जेसस र लुइज हेनरिकले एक-एक गोल गरे । चिलीका इडुआर्डो भर्गसले एक गोल गरे ।
भर्गसले खेलको दोस्रो मिनेटमै गोल गरेपछि चिलीले सुरुआती अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई बराबरीमा फर्काए ।
निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा हेनरिकले गोल गर्दै ब्राजिललाई २-१ गोलले जिताए ।
यससँगै तालिकाको चौथो स्थानमा रहेको ब्राजिलले नौ खेलमा १३ अंक जोडेको छ ।