अर्जेन्टिनाले जित्न नसकेपछि मेस्सीले भने-मैदानले साथ दिएन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । आगामी दुई वर्षपछि हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा साविक विजेता अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बिहीबार राति भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

Advertisement

भेनेजुएलामा भएको खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको भेनेजुएलाका सालोमन रन्डनले बराबरी गोल गरेका थिए । यस खेलबाट राष्ट्रिय टोलीमा फर्किएका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने गोलविहीन बने ।

कोपा अमेरिकाको फाइनल खेलमा चोट बोकेका मेस्सी यसै खेलमार्फत् मैदान फर्किएका हुन् । उनले विश्वकप छनोटअन्तर्गत गत सेप्टेम्बर महिनामा भएका दुई खेल खेल्न सकेनन् ।

भेनेजुएलासँग बराबरीमा रोकिएपछि मेस्सीले मैदान चाहेजस्तो नहुँदा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकिएको टिप्पणी गरेका छन् ।

सन् २०२६ मा मेक्सिको, क्यानडा र अमेरिकामा हुने विश्वकपको छनोट खेलमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो ।

बराबरीसँगै अंक तालिकामा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलमा १९ अंक जोडेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०