अर्जेन्टिनाले जित्न नसकेपछि मेस्सीले भने-मैदानले साथ दिएन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । आगामी दुई वर्षपछि हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा साविक विजेता अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बिहीबार राति भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

Advertisement

भेनेजुएलामा भएको खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको भेनेजुएलाका सालोमन रन्डनले बराबरी गोल गरेका थिए । यस खेलबाट राष्ट्रिय टोलीमा फर्किएका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने गोलविहीन बने ।

कोपा अमेरिकाको फाइनल खेलमा चोट बोकेका मेस्सी यसै खेलमार्फत् मैदान फर्किएका हुन् । उनले विश्वकप छनोटअन्तर्गत गत सेप्टेम्बर महिनामा भएका दुई खेल खेल्न सकेनन् ।

भेनेजुएलासँग बराबरीमा रोकिएपछि मेस्सीले मैदान चाहेजस्तो नहुँदा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकिएको टिप्पणी गरेका छन् ।

सन् २०२६ मा मेक्सिको, क्यानडा र अमेरिकामा हुने विश्वकपको छनोट खेलमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो ।

बराबरीसँगै अंक तालिकामा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलमा १९ अंक जोडेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०