विराटनगर । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलको सहायतमा बार्सिलोनाले स्पेनी ला लिगामा अलाभेसमाथि सहज जित निकालेको छ ।
आइतबार राति अलाभेसको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोना ३-० गोलको सहज जित निकालेको हो ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले नौ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिडसँग समान खेलमा २१ अंक छ ।
मेन्डीजोरोर्रामा बार्सिलोनालाई जिताउन लेवान्डोस्की एक्लैले तीन गोल गरे । उनले ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।
खेलको सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका लेवान्डोस्कीले २२ र ३२ औं मिनेटमा गोल थपेका थिए ।