विराटनगर । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथमाथि कमब्याक जित आत्मसात् गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-१ गोलले हराएको हो ।
जितसँगै तेस्रो स्थानको आर्सनलले सात खेलमा १७ अंक जोडेको छ । उसले साविक विजेता म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।
सिटी समान सात खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ ।
इमिरेट्समा बर्नमाउथले बनाएको सुरुआती अग्रता उल्टाउँदै आर्सनलले कमब्याक जित निकालेको हो ।
आर्सनललाई जिताउन काइ हाभर्ट्ज, ग्राबियल मार्टिनेली र बुकायो साकाले एक-एक गोल गरे । बर्नमाउथका क्यामरन अर्चरले एक गोल गरे ।