विराटनगर । साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगमा जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले फुलह्याममाथि ३-२ गोलको जित दर्ता गरेको हो ।
सिटीको जितमा माटिओ कोभासिसले दुई गोल गरे भने जेरेमी डोकुले एक गोल गरे ।
फुलह्यामसँगको खेलमा स्टार खेलाडी इयर्लिङ हालान्डले भने गोल गर्न सकेनन् । नर्वेका हालान्डले सात खेल खेल्दा १० गोल गरिसकेका छन् ।