हारबाट जसोतसो जोगियो १० खेलाडीमा सीमित युनाइटेड

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ असोज, २०८१
२ वर्षअघि

विराटनगर । युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेड र पोर्टोले ३–३ को बराबरी गर्दै अंक बाँडेका हुन् ।

इन्ज्यूरी समयमा ह्यारी म्यागुइरेले गोल गरेपछि १० खेलाडीमा सिमित युनाइटेड हारबाट जोगिएको हो ।

Advertisement

खेलको ८१ औँ मिनेटमा ब्रुनो फर्नान्डेज दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

५० औँ मिनेटमा ३–२ ले पछि परेको युनाइटेडका लागि इन्ज्युरी समयमा म्यागुइरेले गोल गरेपछि खेल नाटकिय रुपमा बराबरीमा पुगेर सकिएको हो ।

खेलको सुरुवातमा २ गोल गर्दै युनाइटेडले अग्रता बनाएपछि पोर्टोको उत्कृष्ट पुनारागमनले युनाइटेड पछि परेको थियो ।

पहिलो हाफको सातौँ मिनेटमा मार्कुस रासफोर्डको गोलमा युनाइटेडले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

खेलको २० औँ मिनेटमा रासमुस होजलुन्डरले युनाइटेडको अग्रता दोब्बर पारे । त्यसको सात मिनेटमा नै ब्राजिलियन विगंर पेपेले गोल गर्दै पोर्टोलाई खेलमा फर्कने संकेत गरेका थिए ।

खेलको ३४ औँ मिनेटमा सामु ओमोरोडियनशत्तले हेडर गोलमा पोर्टो बराबरीमा आएको थियो । दोस्रो हाफको पाचौँ मिनेटमा पेपेको पासमा मोरोरोडियनले व्यक्तीगत दोस्रो गोल गर्दा पोर्टोलाई ३–२ को अवस्थामा ल्याए ।

एक समय २–० ले पछि परेको पोर्टोले खेलमा उत्कृष्ट पुनरागमन गर्दै अग्रता बनाएपनि अन्तिम समयमा युनाइटेडले अंक खोस्न सफल भयो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०