सर्वाधिक धेरै उपाधि जितेका मेसीले थपे अर्को एउटा ‘ट्रफी’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी आबद्ध रहेको इन्टर मियामीले अमेरिकन लिग सकरको उपाधि जितेको छ ।

बिहीबार बिहान भएको खेलमा कोलम्बस क्रुलाई ३-२ गोलले हराएसँगै मियामीले पहिलोपटक एमएलएसको उपाधि हात पारेको हो ।

Advertisement

कोलम्बसको मैदानमा मियामीलाई जिताउन मेसीले दुई गोल गर्दा लुइस स्वारेजले एक-एक गोल गरे ।

मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरेका थिए ।

कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए ।

खेलको ८४औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

यस खेलमा खेलको ६३औं मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा सीमित भएको थियो ।

लिग सकिनुअगावै मियामीले उपाधि जितेको हो ।

यससँगै मेसीले क्लब र देशका लागि जितेको ४६औं ट्रफी हो । मियामीको साथ उनले जितेको भने यो दोस्रो उपाधि हो ।

सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४६ वटा ट्रफी छन् ।

विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग जस्ता चर्चित ट्रफी जितेका मेसीको बालोन डी‘ओरलगायत व्यक्तिगत ट्रफी जोड्दा उक्त संख्या पुगेको हो ।

मेसीकै कप्तानीमा अर्जेन्टिना सन् २०२२ को विश्वकविजेता बनेको थियो भने २०२१–०२२ र २०२३–०२४ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००५ मा यु–२० विश्वकप जितेका मेसीले सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।

सन् २०२१–०२२ मा दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतियोगितामा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीको भूमिका महत्त्वपूर्ण थियो ।

मेसीले सन् २००९ देखि २०२३ सम्म गरी सर्वाधिक धेरै आठ पटक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ ओर जितेका छन् ।

चार पटक फिफाबाट सवोत्कृष्ट घोषित् भएका उनले बार्सिलोनाबाटै ६ पटक गोल्डेन बुट जितेका थिए ।

सर्वाधिक धेरै ट्रफी जित्ने खेलाडीतर्फ मेसी सबैभन्दा अगाडि छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०