काठमाडौं । युरोपको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।
फ्रेन्च क्लब लिलले आफ्नो मैदानमा बुधबार राति भएको खेलमा रियललाई १–० ले पराजित गरेको हो ।
जोनाथन डेभिडको गोलसँगै लिलले जारी सिजनको च्याम्पियन्स लिगमा पहिलो जित हो निकालेको हो ।
डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
लिलले २ खेलमा ३ हासिल गरेको छ । त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ ।