त्रिकोणात्मक टी-२० आई सिरिज : आफ्नो अन्तिम खेल खेलेको नेपालले ओमानलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शन गरे ।

किंग सिटीमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए ।

रोहितले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले ।

ओमानका फयाज बटले, ३ विकेट हात पारे । कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासको नाममा १-१ विकेट रह्यो ।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो ।

ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेको नाममा २-२ विकेट रह्यो ।

यस जितसँगै नेपालले टी-२० आई सिरिज आफ्नो नाममा गर्ने सम्भावनालाई जिवित राखेको छ ।

नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको नेपाल तेस्रो खेलमा क्यानडासाग ४ विकेटले पराजित भएको थियो ।

नेपाल ४ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

यस खेलमा ओमान विजयी भए नेटरनरेटका आधारमा नेपालले सिरिजको उपाधि जित्ने छ ।

नेपालले भोलिदेखि क्यानडा एसँग ३ खेलको एकदिवसीय अभ्यास सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपाल लिग-२ को त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्तान गर्ने छ ।

क्यानडामा सम्पन्न लिग-२ सिरिजमा खराब प्रदर्शन गरेको नेपालले बिनाकुनै जित केबल १ अंक जोडेको थियो ।

प्रकाशित समय: बिहिबार १७ असोज, २०८१, ०७:०४:४८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०