ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप, भेट्रान फुटबल प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा प्रथम संस्करणको रविदानन्द चौधरी स्मृति कप, भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

नेताचोक टाइगर क्लबको आयोजनामा यही असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म उक्त प्रतियोगिता आयोजना हुने भएको हो ।

पब्लिक क्याम्पसका पूर्वप्रधानाअध्यापक रविदानन्द चौधरीको स्मृतिमा हुन लागेको प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

ग्रामथान-स्थित नेताचोक टाइगर क्लबको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ४० वर्ष कटेका पुराना फुटबलरहरू सम्मीलित ८ वटा क्लबहरूको सहभागिता रहने जानकारी दिइएको हो ।

नेताचोक टाइगर क्लबका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले प्रतियोगिता ग्रामथान गाउँपालिका-७ गणेश माविको खेलमैदानमा आयोजना हुने बताए ।

उनका अनुसार आयोजक नेताचोक टाइगर क्लबसँगै विराटनगरको रंगशाला भेट्रान र विराट युनाइटेड, इटहरीको चर्च इसाइ युनाइटेड, बेलबारीको बोराबाँध भेट्रान, विराटचोकको विराट भेट्रान, बराहक्षेत्रको बराह भेट्रान र सुनसरीको जनता भेट्रान सहभागी हुने छन् ।

प्रतियोगिता फिफाको नकआउट फर्म्याटअनुसार हुने छ भने आठ टिमलाई दुई समूहमा विभाजन गरी दुबै समूहको विजेतहरूबीच फाइनल खेल खेलाइने छ ।

असोज २९ गते दिउँसो ३ बजे हुने उद्घाटन खेलमा आयोजक नेताचोक टाइगर क्लबले विराटनगरको विराट युनाइटेडसँग खेल्ने छ ।

नेताचोक टाइगर क्लब अध्यक्ष मुक्ति गच्छदारले प्रतियोगिता पशुपति बोर्डिङ स्कुलकी संस्थापक अध्यक्ष उषादेवी चौधरीको प्रायोजन तथा थारू कल्याणकारी समाजको सहप्रायोजनमा प्रतियोगिता हुने छ ।

आयोजक नेताचोक टाइगर क्लबका सचिव अविन गिरीले प्रतियोगिताका लागि अनुमानित बजेट कुल ५ लाख ५५ हजार खर्च हुने जानकारी दिए ।

उनका अनुसार विजेता टोलीले ३१ हजार र ट्रफी पाउने छ भने उपविजेता टोलीले २१ हजार पुरस्कार पाउने छ ।

फाइनल खेलको म्यान अफ द म्याचले ७ हजार पाउने छन् भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान ५-५ हजार पाउने छन् ।

यस्तै, प्रत्येक खेलका म्यान अफ द म्याचले एक-एक हजार पाउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हिसानको केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेश खेलकुद बोर्डका सदस्य प्रदीप भगतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित समय: शनिवार १२ असोज, २०८१, ११:४५:२९
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०