नेयमारलाई बाहिर राख्दै ब्राजिलले घोषणा गर्‍यो विश्वकप छनोट खेल्ने टोली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । ब्राजिलको राष्ट्रिय टोलीले आगामी अक्टोबरमा हुने विश्वकप छनोटका दुई खेलका लागि टोलीको घोषणा गरेको छ ।

प्रशिक्षक डोरिभल जुनियरले शुक्रबार घोषणा गरेको टोलीमा सात जना फरवार्ड समावेश गरेका छन् ।

Advertisement

उक्त सात जनामा रियलका भिनिसियस जुनियर, रोड्रिगो र एन्ड्रिक पनि छन् ।

ब्राजिल लगातारको खराब नतिजापछि दबाबमा परेको छ । पछिल्ला चार खेलमध्ये ब्राजिलले एक जित मात्रै हासिल गर्न सफल भएको छ ।

छनोटको अंक तालिकामा आठ खेलबाट १० अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ । यसरी ब्राजिलले जितका लागि संघर्ष गरिरहँदा स्टार खेलाडी नेयमारको चरम अभाव खड्किएको छ ।

ब्राजिलले सन् २०२६ को विश्वकपमा छनोट हुनका लागि गरिरहेको संघर्षमा साथ दिन पनि पाएका छैनन्, नेयमारले ।

चोटका कारण मैदानबाहिर रहेका नेयमारले आगामी कति खेल गुमाउने हुन्, त्यसको अनुमान पनि छैन । किनकि, झन्डै एक वर्षयता उनले खेल्न त के प्रशिक्षणसमेत गर्न सकेका छैनन् ।

एसिएलको चोटका कारण उनी गत वर्ष टोलीबाट बाहिरिएका थिए ।

अक्टोबर १० मा चिलीविरुद्ध र त्यसको पाँच दिनपछि पेरुविरुद्ध ब्राजिलले घरेलु मैदानमा आक्रमण सुरु गर्ने अपेक्षा गरिएको छ ।

टोली:
गोलकिपर : एलिसन (लिभरपुल), बेन्टो (अल नासर), एडरसन (म्यानचेस्टर सिटी)

डिफेन्डरः डानिलो (युभेन्ट्स), भेन्डरसन (मोनाको), अबनेर (लियोन), गुइलेर्मे अराना (एट्लेटिको मिनिरो), ब्रेमर (युभेन्टस), एडर मिलिटाओ (रियल मड्रिड), ग्याब्रियल म्यागाल्हेस (आर्सनल), मार्क्विनहोस (पेरिस सेन्ट जर्मेन)

मिडफिल्डरः आन्द्रे (वोल्भरह्याम्पटन), ब्रुनो गुइमारेस (न्युक्यासल), गेर्सन (फ्लामेन्गो), लुकास पाक्वेटा (वेस्ट ह्याम)

फरवार्डः रोड्रिगो (रियल मड्रिड), एन्ड्रिक (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड), लुइज हेनरिक (बोटाफोगो), इगोर जिसस (बोटाफोगो), साविन्हो (म्यानचेस्टर सिटी), ग्याब्रियल मार्टिनेली (आर्सनल), राफिन्हा (बार्सिलोना)

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०