अल नासर दोस्रो स्थानमा उक्लियो, रोनाल्डोको ९०३औं गोल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
६ महिनाअघि

विराटनगर । नयाँ सिजनको साउदी प्रो लिगमा अल नासरले अल वेदामाथि सहज जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा नासरले वेदालाई २-० गोलले हराएको हो ।

नासरलाई जिताउन एन्जेलो ग्राबियल र कप्तान क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

खेलको ४१औं मिनेटमा साडियो मानेको पासमा गोल गर्दै ग्राबियलले नासरलाई अग्रता दिलाएका थिए ।

खेलको ५६औं मिनेटमा नासरले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै घरेलु टिमलाई जिताए ।

यससँगै ३९ वर्षीय रोनाल्डोले ९०३ व्यवसायिक गोल गरेका छन् । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले नासरबाट ७१ खेलमा ६४ गोल गरेका छन् ।

उनले पोर्चुगलबाट २१४ खेलमा १३२ गोल गरेका छन् भने रियल मड्रिडबाट ४३८ खेलमा ४५० गोल र म्यानचेस्टर युनाइटेडबाट ३४६ खेलमा १४५ गोल गरेका छन् ।

इटालीको युभेन्टसबाट १३४ खेलमा १०१ गोल गरेका उनले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल गरेका छन्  ।

यता, अल नासर जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । उसले पाँच खेलमा ११ अंक जोडेको छ ।

प्रकाशित समय: शुक्रबार ११ असोज, २०८१, २३:०४:४७

सम्बन्धित खबर

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०