काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप २०२५ छनोटमा अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि पराजय बेहोरेको छ ।
शुक्रबार न्यु ताइपे सिटीमा भएको खेलमा नेपाल बहराइनसँग ४–० गोलले पराजित भएको हो । बहराइनको जितमा सामी बसम अवदीले दुई गोल गर्दा खालेद अल्खालाफ र अली अहमद हसनले एक-एक गोल गरे ।
योसँगै नेपालले तीन अंकसहित छनोट अन्त्य गरेको छ । नेपाल कम्बोडियासँग ४–१ को पराजय बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । यो खेलमा समीर तामाङले एक मात्रै गोल गरेका थिए ।
उनकै ह्याट्रिकप्रेरित नेपालले चाइनिज ताइपेइलाई ३–१ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । तर, तेस्रो खेलमा भने नेपालले त्यो लयय गुमाउँदै उज्बेकिस्तानलाई ६–० को नतिजा सुम्पियो ।