काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई हराएको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई उसैको मैदानमा १-० गोलले हराएको हो ।
निर्धारित समयको अन्तिम मिनेटमा जुलियन अल्भारेजकोले गोल गरेपछि एट्लेटिकोले जित निकालेको हो ।
खेलको ९०औँ मिनेटमा गोल गरेका अल्भारेज यसै सिजन म्यानचेष्टर सिटीबाट स्पेनिस क्लब पुगेका थिए ।
जितपछि सात खेलबाट १५ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिडलाई चुनौती थपेको छ ।
समान सात खेल खेलेको रियलसँग १७ अंक छ । सातै खेल जितेको बार्सिलोना भने २१ अंकसहित शीर्ष स्थानमा छ ।