विराटनगर । फ्रान्सका डिफेन्डर राफेल भरानेले फुटबलबाट सन्न्यास लिएका छन् । विश्वकप विजेता भरानेले ३१ वर्षकै उमेरमा बुट थन्क्याउने घोषणा गरेका हुन् ।
भरानेले सन् २०१८ मा विश्वकप जितेका थिए । तर, सन् २०२२ मा भएको विश्वकपको फाइनल भिडन्तभरि राष्ट्रिय टोलीको जर्सीमा देखिएका उनी त्यसयता फ्रान्सेली टोलीमा छैन ।
फ्रान्सेली टिममा सन् २०१३ मा डेब्यु गरेका उनले राष्ट्रका लागि ९३ खेलमा पाँच गोल गरेका छन् । व्यवसायिक फुटबलतर्फ भने उनले रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, आरसी लेन्स र कोमोका लागि खेलेका छन् ।
इटालियन क्लब कोमोमा गत जुलाईमा अनुबन्ध भएका उनले पहिलो खेलमै साम्पोडोरियाविरुद्धको खेलमा घुँडामा चोट बोकेका थिए ।
त्यसयता मैदान प्रवेश गर्न नपाएका भरानेले बुधबार सन्न्यास लिएका हुन् ।