साफ यु-१७ : सुजनको ह्याट्रिक गोल, श्रीलंकामाथि नेपालको सानदार जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ असोज, २०८१
४ महिनाअघि

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० गोल अन्तर जित हात पारेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे ।

खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ ।

श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो ।

नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।

प्रकाशित समय: सोमबार ७ असोज, २०८१, १९:२९:१६
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०