काठमाडौं । नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ ।
सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङले ह्याट्रिक गोल गरे ।
खेलको ३२औं मिनेटमै समीरले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि समीरले नै अग्रता दोब्बर बनाए ।
तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चाइनिज ताइपेइका याङ चाओ जिङले गोल गर्दै खेल २-१ को स्थितिमा ल्यायो ।
८४ मिनेटमा समीरले नै ह्याट्रिक गरेपछि घरेलु टोलीलाई नेपाल स्तब्ध पार्न सफल भएको हो ।
पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो ।