विराटनगर । युरोपको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजीले) जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्पेनको जिरोनालाई १-० गोलले हराएको हो ।
पिएसजीको जितमा आत्मघाती गोल पर्याप्त बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा जिरोनाका पाउलो गाजानियाले आफ्नै पोस्टमा गोल गरेका थिए ।
जितसँगै पिएसजीले तीन अंक जोडेको छ ।