विराटनगर । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले दोस्रो जित दर्ता गरेको छ । शनिबार आफ्नो चौथो खेल खेलेको युनाइटेडले साउथह्याम्पटनलाई ३-० गोलले हराएको हो ।
साउथह्याम्पटनको मैदानमा युनाइटेडलाई जिताउन माथिस डी लिग्ट, मार्कस राष्फोर्ड र एलेजान्द्रो गर्नाचोले एक-एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थपेको थियो ।
खेलको ७९औं मिनेटमा साउथह्याम्पटनका ज्याक स्टेफनले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो ।
जितसँगै युनाइटेडले चार खेलमा ६ अंक जोडेको छ ।