विराटनगर । साविक विजेतासमेत रहेको अर्जेन्टिनाले आगामी दुई वर्षपछि हुन विश्वकपको दक्षिण अमेरिकी छनोटको खेलमा चिलीमाथि सहज जित निकालेको छ ।
शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि ३-० गोलको जित निकालेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डेबालाले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा लय टिपेको थियो ।
चिलीसँगको खेलमा कप्तान तथा अनुभवी स्ट्राइकर लियोनल मेस्सीले भने खलेनन् । चोटका कारण उनी गत महिनायता मैदान प्रवेश गर्न पाएका छैनन् ।
जितसँगै छनोट चरणको अंक तालिकामा शीर्षता कायमै राखेको छ । जम्मा सात खेल खेलेको अर्जेन्टिनाले १८ अंक जोडेको छ ।
चिली भने पाँच अंकका साथ नवौं स्थानमा छ ।