विराटनगर । मलेसियामा हुन गइरहेको दोस्रो रनौँ ओपन कराते च्याम्पियनसिप २०२४ मा नेपाल पनि सहभागि हुने भएको छ ।
अगस्ट ९ देखि ११ तारिखसम्म तीन दिन मलेसियाको रनउ र सबहमा हुने कराते च्याम्पियनसिमा नेपाल पनि सहभागी हुन लागेको हो ।
उक्त खेलको तौलसमुह ६० केजी पुरुषतर्फ विज्ञान पुन र विशाल विसी, ६७ केजी तौलमा आशिष चौधरी, ७५ केजी तौलमा सचिन थापा तथा ८४ केजी तौलमा निरज बाबु थापाले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसैगरी नेपालको टिम कोचमा हरिबहादुर घर्ती जाँदैछन् भने टिम व्यवस्थापकतर्फ खगेन्द्र बुद्ध जाँदै छन् ।
अगस्ट ९ मा हाजिरी भई १० र ११ मा खेल सकाई १२ तारिख नेपाल फर्किने टिम कोच हरिबहादुर घर्तीले बताए ।