विराटनगर । कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्ने भएका छन्।
बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा उरुग्वेविरुद्व १–० को जित निकाल्दै कोलम्बिया उपाधिानजिक पुगेको हो।
त्यसअघि पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडामाथि २–० को जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।
अब, फाइनल खेल सोमबार बिहान ५ः४५ बजे हुनेछ। त्यसअघि आइतबार बिहान तेस्रो हुनका लागि उरुग्वे र क्यानडाले खेल्ने छन् ।
आज बिहान भएको खेलमा कोलम्बियाको जितमा जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
कोलम्बिया सन् २००१ पछि फाइनलमा पुगेको हो। पहिलोपटक फाइनल पुग्दा कोलम्बियाले मेक्सिकोलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियोे।