युरो कपको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ असार, २०८१
२ वर्षअघि

विराटनगर । जर्मनीमा जारी युइएफए युरो कपको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने पक्का भएको छ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएसँगै उपाधि भिडन्तका लागि टोलीको टुंगो लागेको हो।

यसअघि पहिलो सेमिफाइनल खेलमा फ्रान्समाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधिनजिक पुगिसकेको छ।

अब, आइतबार राति १२ः४५ बजे उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने छन् ।

गएराति भएको खेलको दोस्रो हाफको इन्ज्युरी समयमा ओली वाटकिन्सले गोल गर्दै इङ्ल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्‍याएका हुन्।

सिग्नल इडुना पार्कमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यो युरो कपको पहिलो र अन्तर्राष्ट्रियतर्फ दोस्रो गोल हो।

तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्नेक्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए।

जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्। योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाए।

खेल बराबरीतर्फ उन्मुख थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए। उनले कोल पाल्मरको पासमा गोल गरेका हुन्।

प्रकाशित समय: बिहिबार २८ असार, २०८१, ०८:१३:५०
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०