यमनसँग हार्नबाट जोगियो नेपाल, किरणको सयौं खेल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
२ वर्षअघि

विराटनगर । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले यमनसँग बराबरी खेलेको छ ।

बुधबार बिहान साउदी अरेबियामा भएको खेलमा यमनसँग २-२ गोलको बराबरी खेलेको नेपाल अंकबिहीन हुनबाट जोगिएको छ ।

यमनका नासिर अहमेद र मोहमद दानीले एक-एक गोल गर्दा नेपालका सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक-एक गोल  गरे ।

यमनले अहमेदले नवौं मिनेटमा गरेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर, नेपालका लागि सन्जिव विष्टले २२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ एक-एक गोलको बराबरीमा सकियो ।

जिलेस्पीजंग कार्कीले ६६ ‍औं मिनेटमा गोल गरेपछि खेलमा नेपालले अग्रता लिएको थियो । तर, नेपाल अन्तिम समयमा सम्हालिन सकेन ।

यमनका सब्सिच्युट खेलाडी मोहमद दानीले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गरे ।

खेलमा नेपालका कप्तान किरणकुमार लिम्बूले नेपालका लागि सयौं खेल पूरा गरे । यससँगै नेपालका लागि सयौं क्याप जित्ने पहिलो खेलाडी बन्न सफल भए ।

छनोटमा नेपाल समूह ‘एच’ मा चौथो भयो । नेपालले युएई र बहराइनविरुद्धका दुवै खेल गुमायो ।

यमनविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो । अन्तिम खेलमा यमनसँग बराबरी खेल्दा नेपाल अंकबिहीन हुनबाट जोगियो ।

नेपालले ६ खेलमा २० गोल खदा २ गोल गर्न सफल भयो । सुरुवाती पाँच खेलमा नेपालले पाँचै खेल हार्दा १८ गोल खाएको थियो भने कुनै गोल गर्न सकेको थिएन ।

प्रकाशित समय: बुधबार ३० जेठ, २०८१, ०५:१८:३४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०