विश्वकप क्रिकेट : भारतसँग पराजित भएसँगै पाकिस्तानलाई पर्‍यो गाह्रो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ जेठ, २०८१
३ महिनाअघि

विराटनगर । आइसिसी टी–२० विश्वकपको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

आइतबार राति भएको समूह चरणको खेलमा भारत ६ रनले विजयी भएको हो ।

नसाउ कन्ट्री इन्टरनेसनल स्टेडियममा भारतले दिएको एक सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सउ १३ रन ‍मात्रै बनायो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए भने इमाद वसिम १५ रनमा आउट हुँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रर बनाए ।

भारतका जसप्रीत बुमराहले सर्वाधिक तीन विकेट लिए । त्यसअघि नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रन बनाएको थियो ।

भारतका ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने अक्षर पटेल २० र कप्तान रोहित शर्मा १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

हारिस रउफ र नसिम शाहले समान तीन विकेट लिए । मोहम्मद आमिरले दुई र शाहिन शाह अफ्रिदीको नाममा एक विकेट रह्यो ।

यससँगै समूह ‘ए’ मा रहेको भारतले दुई खेलबाट चार अंक जोडेको छ । समान खेल खेलेको पाकिस्तान अंकविहीन छ ।

समूह चरणमा पाकिस्तान लगातार दुई खेलमा पराजित हुन पुगेको छ । पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग पराजित भएको थियो ।

योसँगै पाकिस्तानको अन्तिम आठ सम्भावना कठिन बनेको छ ।

पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो । दुई खेल जितेको भारत समूहको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा अमेरिका, तेस्रोमा क्यानडा, चौथोमा पाकिस्तान र पाचौंमा आयरल्याण्ड छन् ।

प्रकाशित समय: सोमबार २८ जेठ, २०८१, ०७:०५:०१
तिजको अवसरमा विराटनगरको एभरेस्ट स्कुलमा डान्स प्रतियोगिता
शनिवार २२ भदौ, २०८१
मेस्सी नहुँदा पनि अर्जेन्टिनाले निकाल्यो चिलीमाथि सहज जित
शुक्रबार २१ भदौ, २०८१
नेसन्स लिगमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी गोल
शुक्रबार २१ भदौ, २०८१
हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण
बिहिबार २० भदौ, २०८१
विराटनगरको हेरिटेजमा पब्लिक स्पिकिङ र ‘एमसी’ तालिम
बिहिबार २० भदौ, २०८१
बालेनलक्षित ओलीको टिप्पणी : फेसबुकमा लेख्दैमा फरक पर्दैन
बुधबार १९ भदौ, २०८१
यसपालिको दसैँमा सुकिला नोटले काम चलाउनुपर्ने, नयाँ नोट नसाटिने !
बुधबार १९ भदौ, २०८१
निर्दयी आमा : पतिको रिसले छोरीहरू सिध्याइन्, आफू पनि विष पिएर जंगलतिर हानिइन्
बुधबार १९ भदौ, २०८१
विराटनगरको हेरिटेजमा स्विमिङ प्रतियोगिता : साम्राज्य, गोविन्द, प्रियांशी र युनिशालाई गोल्ड मेडल
बुधबार १९ भदौ, २०८१
नेपाल आउँदै छन् बलिउड अभिनेता नवाजुद्दिन र निर्देशक अनुराग कश्यप
मङ्गलबार १८ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०