टी–२० विश्वकप : १० वर्षपछि सपना पूरा गर्ने बाटोमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । आजभन्दा ठ्याक्कै एक दशकअघि नेपालले टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो ।

पारस खड्का, शक्ति गौचन, सोमपाल कामीलगायत खेलाडीले सन् २०१४ को विश्वकप खेलिरहँदा नेपाली क्रिकेट समर्थकमा छुट्टै उत्साह थियो ।

सोही विश्वकपलाई आधार मानेर नेपाली क्रिकेटले विकासको थप ढोका खोल्यो । क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।

नेपाली क्रिकेट टोलीले एक दशक लामो ब्यग्र पखाईलाई मंगलबार अमेरिकाको डालासमा साकार पार्दैछ ।

नेपाली समयानुसार राति मंगलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ ।

समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।

नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताएका छन् ।

‘१० वर्षमा हामीले फेरि मौका पाउँदै छौँ । नेदरल्यान्ड्ससँग खेल्नका लागि सबै खेलाडी शारिरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्स ब्यालेन्स टोली हो । हामीले पटक पटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ,’ रोहितले भन्नुभयो ।

दुवै टोली उस्तै रहेकोले जसले दबाब झेलेर खेल्छ उसैको जित हुने पनि बताउँदै उनले भने, ‘हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ । एक महिना देखि यहीको वातावरणमा रहेर तयारी गरिरहका छौँ । वेस्ट इन्डिजको तयारीले पनि केही हौसला थपेको छ । टी–२० मा सबै टोलीलाई अवसर बराबर जस्तै हुन्छ । राम्रो खेल्नेले जित्ने हो । आशा छ, हामी हरेक खेल राम्रो खेल्दै अगाडि बढ्नेछौँ ।’

डालासमा नेपाली समर्थकबाट पाउने मायाले टोलीलाई गप ऊर्जा दिनेपनि बताए । उनले हरेक खेलमा टसमा जित र हार सर्वेसर्वा नहुने भन्दै शीत र घामको अवस्थालाई हेरेर निर्णय गर्ने पनि बताए ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ ।

यसअघि दुई टोलीबीच भएको १२ वटा टी-२० भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाविहीन बनेको थियो ।

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको छ ।

यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकाल श्रीलंकालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको हो ।

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा खेल्ने छ ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार २२ जेठ, २०८१, ०६:३२:००
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०