विवादित खेलमा रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । स्पेनिस क्बल रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बायर्न म्युनिखमाथि २–१ गोलको र समग्रमा ४–३ गोलको जित निकाल्दै रियल अन्तिम दुईमा प्रवेश गरेको हो ।

यसअघि पहिलो लेगको खेलमा रियलल बायर्नसँग २-२ गोलको बराबरी खेलेको थियो ।

गए राति भएको खेलमा रियललाई जिताउन जोसेलुले दुई गोल गरे भने बायर्नका अल्फेन्सो डेभिसले एक गोल गरे ।

खेलको ६८ औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि जर्मन क्लब फाइनलतर्फ अग्रसर बनेको थियो ।

तर, ८१ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्नको सपना चकनाचुर बनेको हो ।

८८ औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे । दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको पुनरागमन पूरा गरे ।

खेल विवादरहित भने बन्न सकेन । इन्जुरी समयको १३ औँ मिनेटमा बायर्नका म्याथिस डी लिटले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसअघि नै अफसाइड करार गरे । टेलिभिजन रिप्लेमा रेफ्रीको उक्त निर्णय गलत देखिएको थियो ।

१४ पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

प्रकाशित समय: बिहिबार २७ ब‌ैशाख, २०८१, ०६:३१:१४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०