जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडीहरूलाई पुनर्मिलन गराउँदै ओलम्पियन्स रियुनियन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियनन्स एसोसिएसनको संयोजनमा खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर आयोजित चार दिने कार्यक्रम सम्पन्न भएको हो ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र इलाम गरी चार जिल्लामा ओलम्पियन्स र प्रदेशका सेलिब्रेटी खेलाडीलाई वशेष स्वागत्–सम्मान गरेर ओलम्पियन्स पुनर्मिलन कार्यक्रम सम्पन्न भएको हो ।

सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा), मोरङको विराटचोकमा सम्मानस्वरूप रात्रीकालीन भोज कार्यक्रम, झापाको बिर्तामोड र इलामको सूर्योदयमा सम्मान कार्यक्रम गर्दै पुनर्मिलन कार्यक्रमको समापन भयो ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराइँदा नयाँ खेलाडी तथा खेलप्रेमीलाई हौसला मिलेको फुटबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, फुटबल खेलाडी राजुकाजी शाक्य बताउँछन् ।

यस्ता कार्यक्रमले पुराना खेलाडीहरूप्रतिको सम्मान अझ उँचो हुनेमात्र नभएर खेलकुदतिर आकर्षण पनि बढ्ने बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठको भनाइ छ ।

वैशाख १९ देखि २२ गतेसम्म चार दिन भएको उक्त भ्रमणमा नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गरेका ६० खेलाडी, विदेशका ओलम्पिक खेलाडी, कोशी प्रदेशभित्रका करिब २५ जना ‘सेलिब्रेटी प्लेयर’ र खेल पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

उनीहरूलाई भित्राउँदा प्रदेशभरिका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर प्राप्त भएको आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतले बताए ।

देशका विविध कुनामा छरिएर रहेका ओलम्पियन्सलाई एकै ठाउँमा समेटेर खेलकुद–पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैपटक धेरैमात्रामा खेलाडीलाई प्रदेशमा ल्याइएको थियो ।

खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने खेलाडीलाई प्रदेशमा स्वागत–सम्मान गरी नवखेलाडी तथा खेलकुदकर्मीलाई हौसला बढाउन पाउँदा गर्व महसुस गरेको खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले बताइन् ।

खेलबाहेक अरू क्षेत्रका चर्चित अनुहारलाई सेलिब्रेटी भन्ने परिपार्टीबाट थोरै बाहिर निस्किएर प्रदेशभित्रका २५ खेलाडीलाई सेलिब्रेटी घोषित गरी उनीहरूलाई सम्मान गरिएको थियो ।

सेलिब्रेटी खेलाडीसहित ओलम्पियन्सको महत्त्व बुझेर स्थानीय निकायले साथ दिँदा कार्यक्रम भब्यताका साथ सफल भएको कोशी प्रदेश खेलकुद विकास बोर्डका निवर्तमान सदस्यसचिव हंशराज वाग्ले बताउँछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक खेलाडीको भ्रमणबाट प्रदेशको पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्नेमा विश्वस्त उनी विश्वस्त छन् ।

पर्यटकीय क्षेत्रमा रमाएका ओलम्पियन्स तथा खेलाडीले सम्मान पाउँदा आफूहरू हर्षित् बनेको नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दीपक विष्टले बताए ।

नयाँ तथा पुराना खेलाडीलाई एकै ठाउँमा उभ्याउँदा एकअर्काको प्रतिभाबारे जानकारी हुने र उनीप्रतिको सम्मानमा बढोत्तरी हुने उनको भनाइ छ ।

ओलम्पियन्सको पुनर्मिलन कार्यक्रमको यो तेस्रो संस्करण हो । यसअघि पोखरामा प्रथम र काठमाडौंमा दोस्रो संस्करणको कार्यक्रम भइसकेको छ ।

३५ लाखको लागतमा तेस्रो संस्करण कोशी प्रदेशले आयोजना गर्दा सेलिब्रेटी खेलाडीसँगै पर्यटन प्रवर्द्धनको विषय पनि समेटिएको हो ।

प्रकाशित समय: आईतबार २३ ब‌ैशाख, २०८१, १५:४६:२०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०