विराटनगर । इंग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एन्नेसले आइतबार इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
एन्नेसले आगामी मे महिनामा इंग्ल्यान्डमा हुने खेल खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोली :
गाेलकिपर : अभिषेक बराल, विशाल सुनार, किरण चेमजोङ र सन्तोष महत ।
डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ
मिडफिल्डर : भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की ।
फरवार्ड : अन्जन विष्ट, दिनेश हेन्जन, गिलिस्पेजङ कार्की, हिशुव थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार ।