चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ ।
बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको स्पर्धामा कोशीले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो ।
कोशीका आरोन भण्डारीले ३ वटा रजत र तीन कास्य जिते भने सिशुमवन राईले एक रजत र १० कास्य हात पारे ।
यस्तै, उदेन लामा र अभयान्तरविक्रम राई एक वटा रजत हात पारेको प्रशिक्षक ईन्द्रजित राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार टिमतर्फ भने कोशी प्रदेश तेस्रो भएको थियो ।