अन्तरप्रदेश खेलकुद : सुदूरपश्चिमलाई हराउँदै कोशीले जित्यो स्वर्ण पदक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ ब‌ैशाख, २०८१
२ वर्षअघि

चितवन । कोशी प्रदेशले चितवनको भरतपुरमा जारी अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई २-० गोलले हराउँदै कोशी प्रदेशले महिला फुटबलतर्फ स्वर्ण जितेको हो ।

भरतपुर-१९ को बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जिताउन जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरे ।

खेलको १०औं मिनेटमा जेनिफरको गोलमा सुरुआती अग्रता बनाएको कोशीका लागि ३८औं मिनेटमा समीक्षाले गोल गरेकी थिइन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २-० गोल अन्तरले हराउँदै कोशी फाइनलमा पुगेको थियो ।

यस प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ पनि कोशी प्रदेश स्वर्णको लागि भिड्दै छ ।

आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा फाइनल खेल हुँदै छ ।

प्रकाशित समय: शनिवार १ ब‌ैशाख, २०८१, २०:५३:१७
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०