अन्तरप्रदेश खेलकुद : मैदानको कन्तबिजोग, फितलो व्यवस्थापनले खेलाडीलाई सास्ती

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ चैत, २०८०
२ वर्षअघि

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अस्तव्यस्त बनेको छ । आइतबार चितवनको भरतपुरस्थित निर्माणाधीन गौतबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निकै तामझामका साथ उद्घाटन भएको प्रतियोगिताका खेलहरू सुरु नहुँदै अस्तव्यस्तता सतहमा आएको हो ।

बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगिताको व्यवस्थापन फितलो बनेको भन्दै खेलाडी, प्रशिक्षक र खेलप्रेमी आयोजकसँग रुष्ट बनेका छन् । उद्घाटनमा तामझाम गरेको आयोजकले खेलको प्राविधिक पक्षतर्फ नजरअन्दाज गरेको र खेलका नियम–मापदण्डसँग तालमेल गराउन नसकेको उनीहरूको गुनासो छ ।

खेलकुदको महाउत्सवमा आयोजकको चरम लापरबाहीको सिकार खेलाडी भएका छन् । प्रतियोगिताको पूर्ण तयारीतिर भन्दा पनि उद्घाटनमा तडकभडक बनाउनेतिर आयोजक केन्द्रित बनिदिँदा खेलाडीले सास्ती भोग्नुपरेको छ । खेलमैदान नै पूर्ण–रूपमा तयार नभएको भन्दै प्रशिक्षकहरूले गुनासो पोखेका छन् ।

‘सम्भवतः पहिलोपटक आयोजना भएकोले हुन सक्छ, तयारी फितलो नै देखिएको छ,’ कोशी प्रदेशका भलिबल प्रशिक्षक खेम राई भन्छन्,‘खेलतालिका नै नियमसंगत नभएपछि हामीले गुनासो गरेका थियौं । तलिका त फेरियो तर मैदानको अवस्था दयनीय छ । आयोजकले मैदान सम्याउने सुधार्ने आश्वासन दिए पनि सुधार हुन सकेको छैन ।’

सोमबार लुम्बिनी प्रदेशससँग भएको खेलमा कोशीका भलिबल खेलाडी घाइते भएका छन् । खेलाडीको उपचारमा बेवास्ता गरिएको गुनासो पनि छ । ‘मैदान मिलेको छैन, उबडखाबड भएकै कारण हाम्रा खेलाडीले चोट बोक्नुपरेको छ,’ उनले भने, ‘उद्घाटनलाई भब्य बनाउन छोडेर भलिबल कोर्ट बनाएको भए हुनेथियो ।’

सोमबार मैदान पूर्ण तयार नभएपछि महानगरपालिकाले पानी हालेर केहीहदसम्म सच्याउने कोसिस गरेको थियो ।
यता, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई आयोजक समग्र प्रतियोगितातिर भन्दा पनि उद्घाटनमा केन्द्रित भएको बताउँछन् । उद्घाटनमा आतसबाजी गर्ने र गायिका नचाउनेभन्दा पनि खेलका संरचना तथा प्राविधिक कुरामा आयोजकले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

‘पहिलोपटक प्रतियोगिताको आयोजना गरेको हुँदा बागमतीलाई धन्यवाद छ, तर आयोजकले उद्घाटनभन्दा पनि खेलको पार्टमा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘भब्य तामझामलाई घटाएर संरचना र प्राविधिक कुरामा ध्यान दिनुपर्छ । कम खर्चमा अझै व्यवस्थापन गर्न सकिन्थ्यो तर यहाँ काम कम गफै बढी भयो । मैदान मर्मत–सम्भारमा आयोजकको कमजोरी देखिएको छ, पहिलोपटक भएको हुनाले सुधार्नुपर्ने धेरै छ ।’

‘भलिबलको राष्ट्रियस्तरको खेलमा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरकै रेफ्रीको जरुरत पर्छ । सबैभन्दा बढी त विज्ञ र रेफ्री ल्याउँदा विश्वसनियता बढ्छ । तर, यहाँ लाइसेन्सबिनाका स्थानीय रेफ्रीहरूले खेल खेलाइरहेका छन् । प्रतियोगिता आयोजना भद्रगोलको अवस्था छ, सुधारेर जानुपर्ने देखिन्छ । राष्ट्रियस्तरको प्रतियोगिता हो, तर प्राविधिक रूपमा भने व्यवस्थित भएन,’ उनले थपे ।

स्थानीय खेलप्रेमी रमेश पौडेल भन्छन्, ‘उद्घाटन खेलकुद प्रतियोगिताभन्दा पनि मेला–महोत्सवजस्तो भयो । कलाकार बोलाएर रंगीला–तडक गरियो । प्रधानमन्त्री स्वयमलाई सरम आएको अवस्था थियो । चितवनबासीलाई प्रचण्ड आउनेबाहेक प्रतियोगिता आयोजना हुने कुरा थाहा थिएन ।’

नेपाल भलिबल संघ (एनभिए) को नियमानुसार एकै दिन एउटा टोलीलाई दुईवटा खेल खेलाउन पाइँदैन । तर, यो प्रतियोगितामा भने महिला–पुरुष भलिबलतर्फ आयोजकले नियम मिचेर प्रतियोगिता गराउन खोजेको थियो ।

खेलाडी र प्रशिक्षकको गुनासो भलिबलकी संयोजक सुनिता गौतमले सम्बोधन नगरेपछि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको निर्देशनमा आयोजकले खेल तालिका परिवर्तन गरेको थियो ।

लुम्बिनी प्रदेश भलिबल टिमकी व्यवस्थापक तथा बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य गौतम यसअघि नवौं राष्ट्रिय खेलकुदमा एकै दिन दुई खेल खेलाउन नहुने अडानमा थिइन् । तर यसपालि भने उनी संयोजक रहेको भलिबलका खेलहरू नियमविपरीत खेलाउन आँटिएपछि खेलाडी र प्रशिक्षकले आपत्ती जनाएका थिए, जसपछि खेल तालिका फेरिएको थियो ।

पूर्वराष्ट्रिय भलिबल खेलाडीसमेत रहेकी गौतमले भने सबै प्रदेशसँगको सहमतिमा खेल तालिका बनाइएको दाबी गरिन् । सीमित बजेटका कारण खेल मैदान अपेक्षाअनुरूपको बनाउन नसकेको र राष्ट्रियस्तरका रेफ्री ल्याउन नसकेको उनको भनाइ छ ।

यसैगरी, एथलेटिक्सको मैदान पनि पूर्ण रूपमा तयार नभएको खेलाडी–प्रशिक्षकको गुनासो छ । कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य कुमारी भुषालले एथ्लेटिक्सको मैदान गुणस्तरहीन रहेको बताइन् ।

‘अहिले खेलाडीले धुलोको सास्तीमा छन्, पानी परेको भए झन् गाह्रो हुन्थ्यो होला,’ उनले भनिन्,‘एक त रबरको ट्र्याक छैन । खेलाडी खुल्ला चौरमा दौडिनुपर्ने बाध्यतामा छन् । कम्पाउन्डले घेरेको त छ तर खेतीपाती लगाउने जमिन जस्तै छ ।’

‘जसोतसो खेल्न त मिलेको छ । मैदान खाल्डाखुल्डी छ । खेलाडीलाई प्रतिस्पर्धा गर्न असहज छ । मैदान व्यवस्थित गराउनुपर्थ्यो,’ उनले भनिन् ।

यता, बागमती खेलकुद विकास पपिरषद् सदस्य सचिव सूर्यलाल भण्डारीले भने पहिलोपटक प्रतियोगिता आयोजना गरेका कारण कमी–कमजोरी भएको भए पनि सुधारेर अगाडि बढ्ने बताए । सबै प्रदेश मिलेर प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा उनको जोड छ ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलाडीलाई पीडाबोध नहुनेगरी व्यवस्थापन गर्न निर्देशन दिएको बताइन् । सबै प्रदेशका खेलाडी तथा प्रशिक्षकबाट कुनै गुनासो नआउने गरी बागमतीका सदस्यसचिवलाई निर्देशन दिएको उनको भनाइ छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख १ गते हुने छ ।

प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् ।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ । राष्ट्रिय प्रतियोगितामा दिइने पुरस्कार रकम एकदमै कम भएको गुनासो पनि छ । पुरस्कार रकमले खेलाडीको मनोबल बढाउन नसक्ने प्रशिक्षकहरू बताउँछन् । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ  ।

प्रकाशित समय: मङ्गलबार २७ चैत, २०८०, १३:१७:२५
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०