अन्तरप्रदेश खेलकुद : कोशीलाई पहिलो ‘गोल्ड’, पुम्सेमा राईलाई स्वर्ण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ चैत, २०८०
२ वर्षअघि

चितवन । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले पहिलो स्वर्ण पदक हात पारेको छ ।

सोमबार भएको तेक्वान्दो खेलको पुम्सेतर्फ कोशीकी सुशीला राईले गोल्ड हात पारेकी हुन् ।

तेक्वान्दो प्रशिक्षक कुलबहादुर गुरुङका अनुसार भरतपुर कबर्डहलमा भएको स्पर्धामा तीन खेलाडीमाथि जित हात पारेकी राईले स्वर्ण जितेकी हुन् ।

सुशीलाले स्वर्ण जित्दा बागमती दोस्रो भयो भने गण्डकी र लुम्बिनी क्रमशः तेस्रो र चौथो भए ।

महिलाको १८ देखि ३० वर्षसम्मको उमेर समूहमा राईले स्वर्ण दिलाएको प्रशिक्षक गुरुङले जानकारी दिए । उनका अनुसार तेक्वान्दोको पुम्सेका लागि कोशीबाट आठ जना खेलाडी चितवन आएका छन् ।

भरतपुरमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको छ ।

भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगितामा सहभागिता जनाउन कोशीबाट दुई सय ५३ खेलाडी चितवन आएका छन् । प्रतियोगिता आगामी वर्षको वैशाख २ गते समापन हुने छ ।

प्रकाशित समय: सोमबार २६ चैत, २०८०, १४:४१:३८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०