अतिरिक्त समयमा एनआरटीलाई हराउँदै सिक्किम सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ चैत, २०८०
२ वर्षअघि

विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा सङ्घर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा आइतबार भएको खेलमा बुढासुब्वा गोल्डकपको विजेता न्युरोड क्लब (एनआरटी) काठमाण्डौलाई २–१ गोलले पराजित गरी सिक्किम एनआरटी सेमिफाइनलमा पुगेको हो ।

Advertisement

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मङ्गलबार हुने मच्छिन्द्र एफसी काठमाडौं र साउथर्न समिति एफसी कोलकाताको विजेता टिमसँग खेल्नेछ ।

जितको लागि सिक्किमका ह्यारिसन र आदर्श तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्त्वना गोल फर्काए ।

एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशिरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रामक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आदर्श तामाङले विजय गोल गरे ।

सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रि किक दिएका थिए । आदर्शले प्रहार गरेको फ्रि किक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आदर्श खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए ।

एनआरटीका रिचार्डले खेल सुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए । त्यसलगत्तै सिसिर लेखीले प्रहार बाहिरियो । २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए ।

२९ औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पन्च गरेर बल बारमाथिबाट फालिदिए ।

पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभाग बाट बललाई वान भर्सेज वानमा लगेर एनआरटीका आफिज ओलावालेको डिबक्स नजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए ।

खेलको अन्त्यमा शिशिरले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिँदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए ।

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरूबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए ।

‘आइतबार दुई जना खेलाडी काठमाडौं जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो’ उनले भने ।

जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेकाले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए ।

सोमबारको खेल इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०