आइपिएल : कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावादले मुम्बईलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ चैत, २०८०
३ वर्षअघि

विराटनगर । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

Advertisement

हैदराबादले दिएको दुई सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४६ रनमात्रै बनायो ।

मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे भने रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे ।

मुम्बईका इशान किशनले ३४, रोहित शर्माले २६ र नमन धीरले ३० रनको योगदान दिए । तिलक वर्माले ३४ बलमा ६४ रन बनाए । टिम डेभिड ४२ रनमा नटआउट रहे ।

हैदरावादका प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो ।

जुन आइपिएल इतिहासकै सर्वाधिक ठुलो योगफल हो । यसअघिको रोयल च्यालेन्जर्स बेंगलुरुले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध दुई सय ६३ रन बनाएको थियो ।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । यता, एडन मारक्रमले अविजित रहँदै ४२ रन बनाए ।

हैदरावादका लागि ट्राभिड हेड र मयंक अग्रवालको जोडीले २५ बलमा ४५ रनको ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अग्रवाल ११ रनमा बाहिरिए । हेडले ६२ रन जोडे । अभिषेक शर्माले २३ बलमा ६३ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए ।

हेनरिक क्लासेन ३४ बलमा ८० रनमा नटआउट रहे । उनलाई ४२ रनको योगदान दिएका एडेन मार्करामले साथ दिए ।

मुम्बईका कप्तान हार्दिक पाण्डेय, जेराल्ड कुटिज र पियुष चावलाले एक-एक विकेट लिए ।

यस जितसँगै २ खेलमा २ अंकसहित हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा जित विहीन मुम्बई १० टोली सहभागी प्रतियोगिताको पुछारबाट दोस्रो स्थानमा छ ।

आइपिएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०