आइपिएल : कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावादले मुम्बईलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको दुई सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४६ रनमात्रै बनायो ।

मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे भने रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे ।

मुम्बईका इशान किशनले ३४, रोहित शर्माले २६ र नमन धीरले ३० रनको योगदान दिए । तिलक वर्माले ३४ बलमा ६४ रन बनाए । टिम डेभिड ४२ रनमा नटआउट रहे ।

हैदरावादका प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो ।

जुन आइपिएल इतिहासकै सर्वाधिक ठुलो योगफल हो । यसअघिको रोयल च्यालेन्जर्स बेंगलुरुले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध दुई सय ६३ रन बनाएको थियो ।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । यता, एडन मारक्रमले अविजित रहँदै ४२ रन बनाए ।

हैदरावादका लागि ट्राभिड हेड र मयंक अग्रवालको जोडीले २५ बलमा ४५ रनको ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अग्रवाल ११ रनमा बाहिरिए । हेडले ६२ रन जोडे । अभिषेक शर्माले २३ बलमा ६३ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए ।

हेनरिक क्लासेन ३४ बलमा ८० रनमा नटआउट रहे । उनलाई ४२ रनको योगदान दिएका एडेन मार्करामले साथ दिए ।

मुम्बईका कप्तान हार्दिक पाण्डेय, जेराल्ड कुटिज र पियुष चावलाले एक-एक विकेट लिए ।

यस जितसँगै २ खेलमा २ अंकसहित हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा जित विहीन मुम्बई १० टोली सहभागी प्रतियोगिताको पुछारबाट दोस्रो स्थानमा छ ।

आइपिएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित समय: बिहिबार १५ चैत, २०८०, ०७:२०:३०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०